बुटवल(रुपन्देही), ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अग्रता मिलेको छ ।
मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई अहिले पछि पर्नुभएको छ ।
१५ हजार ६ सय २४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३ सय ११ मत ल्याउनुभएको छ भने रास्वपाका गणेशले ५ हजार १ सय ३६ मत ।
सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा ३ हजार ९ सय ६० मत पाउँदै तेस्रो स्थानमा हुनुहुन्छ ।
१ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८० हजार मत खसेको थियो ।
यो क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेलले यसअघि लगातार तीनवटा निर्वाचन जित्नुभएको थियो ।


















