काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उहाँ १२ हजार ४ सय ९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी हुनुभएको हो।
आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गरेका गर्नुभएको छ। उहाँका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभएको छ।
नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत ल्याएर तेस्रो हुनुभएको छ।
डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २ सय ३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ।
प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आउनुभएको छ।


















