Prakash Adhikari November 23, 2022

काठमाडौं, ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं जिल्लामा नै टीन सीट जितेको छ । काठमाडौं क्षेत्र नम्बर ७ गणेश पराजुलीले जितेसंंगै काठमडौंका १० सीट मध्ये स्वतन्त्र पार्टीले ३ सीट सुरक्षित गरेको हो।

काठमाडौं ७ मा सो पार्टीबाट उम्मेदवार बनेका गणेश पराजुली विजयी हुनुभएको छ। उहाँले नेकपा एमालेका श्याम घिमिरेलाई पराजित गर्नुभयो।

काठमाडौं २ मा सोविता गौतम

त्यस्तै, काठमाडौं २ मा सोविता गौतम र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले जित्नुभएको छ।

काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम १५ हजार १ सय२९ मत प्राप्त गरेर विजयी हुनुभयो ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गर्नुभयो। तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत प्राप्त गर्नुभयो।

काठमाडौं ८ मा विराजभक्त विजयी

काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी हुनुभयो। बुधबार बिहान सम्पन्न मतगणना अनुसार श्रेष्ठले १० हजार १ सय ५ मत ल्याएर विजयी हुनुभएको छ।

निर्वाचन कार्यालयले घोषणा गर्न भने बाँकी छ।

यस्तै, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याउनुभएको छ।

सो क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) जीवनराम श्रेष्ठ ४ हजार ८७७ मतमा खुम्चिनुभएको छ ।

Share Now

Leave a comment.