सिन्धुलीमाडी(सिन्धुली), ७ मंसिर । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट खाता खोलेको छ।
सिन्धुली २ बाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य लेखनाथ दाहाल (राजन) विजयी हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित हुनुभयो भने एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गर्दै उपविजेतामा सीमित हुनुभयो ।


















