Prakash Adhikari November 23, 2022

 

बाग्लुड., ७ मंसिर । बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी हुनुभएको छ भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८ सय २५ मत ल्याएर उपविजेता हुनुभयो ।

 

यस्तै बाग्लुड. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १ सय ८१ मत ल्याएर तेस्रो हुनुभयो भने प्रदेश सभा १ बाट दीपेन्द्रबहादुर थापा २ बाट डिल्लीराम सुवेदी निर्वाचित हुनुभएको छ ।

Share Now

Leave a comment.