Prakash Adhikari November 24, 2022

 

काठमाडौं, ८ मंसिर । मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई नै अधिक सफलता मिलेको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशको अवस्था

सुदूरपश्चिम प्रदेशमा माओवादी ६ स्थानमा विजयी हुनुका साथै १ स्थानमा अगाडि छ भने कांग्रेस ४ स्थानमा विजयी भई ६ स्थानमा अगाडि छ।

त्यहाँ नागरिक उन्मुक्ति पार्टी २ स्थानमा विजयी र ३ स्थानमा अगाडि छ भने एमाले २ स्थानमा विजयी र १ स्थानमा अगाडि छ।

त्यस्तै एकीकृत समाजवादी २ स्थानमा अगाडि रहेको छ भने १ जना स्वतन्त्रले जितेका छन्।

सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सदस्य हुनेछन्।

प्रदेशसभातर्फ कर्णाली प्रदेशको अवस्था

कर्णाली प्रदेशमा कांग्रेस ५ स्थानमा विजयी र ३ स्थानमा अगाडि छ भने माओवादी ३ स्थानमा विजयी र ६ स्थानमा अगाडि छ।

त्यस्तै एमाले २ स्थानमा विजयी भई १ स्थानमा अगाडि छ भने एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० जना सदस्य चयन हुनेछन्।

प्रदेशसभातर्फ लुम्बिनी प्रदेशको अवस्था

प्रदेशमा एमालेले ७ स्थानमा विजयी हुनुका साथै १० स्थानमा अगाडि छ भने कांग्रेस पनि ७ स्थानमा विजयी र १० स्थानमा अगाडि रहेको छ।

त्यहाँ जसपा र लोसमा २ ।२ स्थानमा विजयी भएका छन् भने माओवादी १ स्थानमा विजयी हुनुका साथै ४ स्थानमा अगाडि देखिएको छ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी एक स्थानमा विजयी र एक स्थानमा अगाडि छ भने राप्रपा २ र जनमत पार्टी १ स्थानमा अगाडि देखिएका छन्।

उक्त प्रदेशमा ३ जना स्वतन्त्र उम्मेदवारले जितेका छन्।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जना सदस्य चयन हुनेछन्।

प्रदेशसभातर्फ गण्डकी प्रदेशमा कुन दलको अवस्था के ?

गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ नेकपा एमाले ६ स्थानमा विजयी भएको छ भने ६ स्थानमा अगाडि रहेको छ।

उक्त प्रदेशमा नेपाली कांग्रेस ५ स्थानमा विजयी भएको छ भने १० स्थानमा अगाडि रहेको छ।

त्यस्तै माओवादी ३ स्थानमा विजयी भएको र १ स्थानमा अगाडि रहेको छ।

उक्त प्रदेशमा समाजवादीका तर्फबाट एक जना विजयी भएका छन् भने एक जना स्वतन्त्र उम्मेदवार पहिले नै निर्विरोध निर्वाचित भइसकेका छन्।

गण्डकी प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना सदस्य चयन हुनेछन्।

प्रदेशसभातर्फ वाग्मतीमा को अगाडि ?
वाग्मती प्रदेशमा नेपाली कांग्रेस १३ स्थानमा विजयी र १० स्थानमा अग्रस्थानमा रहँदै प्रत्यक्षतर्फ हालसम्म अन्य दलभन्दा अगाडि देखिएको छ।

दोस्रो स्थानमा रहेको एमालेले हालसम्म ७ स्थानमा जितेको छ भने ८ स्थानमा अगाडि रहेको छ भने तेस्रो स्थानको माओवादीले ५ स्थानमा विजय हासिल गर्दै ६ स्थानमा अग्रता लिएको छ।

त्यस्तै नेकपा समाजवादीले ४ स्थानमा जितेको छ भने १ स्थानमा उक्त दल अगाडि छ।

उक्त प्रदेशमा नेपाल मजदुर किसान पार्टीले एक स्थानमा जितेको छ भने राप्रपा ७ र हाम्रो नेपाली पार्टी १ स्थानमा अगाडि छन्।

वाग्मती प्रदेशमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी ११० जना सदस्य चयन हुनेछन्।

प्रदेशसभातर्फ मधेस प्रदेशको अवस्था

मधेस प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र एमालेको अवस्था उस्तै देखिएको छ।

कांग्रेसले हालसम्म ९ स्थानमा जितेको छ भने ३ स्थानमा अगाडि रहेको छ।

एमालेले चाहिँ ६ स्थानमा जितेको छ भने ६ स्थानमा अगाडि रहेको छ।

उक्त प्रदेशमा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टी तेस्रो स्थानमा देखिन्छ।

जसपाले हालसम्म ५ स्थानमा जितेको छ भने ३ स्थानमा अगाडि रहेको छ।

त्यस्तै ५ स्थानमा जितेको लोसपा र ३ स्थानमा अगाडि देखिएको छ।

जनमत पार्टीले भने ५ स्थानमा जितेको छ र १ स्थानमा अगाडि छ।

माओवादीले ३ स्थानमा जित र २ स्थानमा अग्रता लिएको छ।

एकीकृत समाजवादी भने २ स्थानमा विजयी भएको छ र २ स्थानमा अगाडि छ।

त्यस्तै ३ स्थानमा स्वतन्त्रले जितेका छन् र अन्य ३ स्थानमा पनि स्वतन्त्र नै अगाडि छन्।

मधेस प्रदेशमा प्रत्यक्षबाट ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ जना सदस्य चयन हुनेछन्।

प्रदेशसभातर्फ प्रदेश १ मा कुन दल अघि ?

प्रदेश १ मा प्रतिपक्षी एमालेले हालसम्म १० स्थानमा जित हासिल गरेको छ भने १३ स्थानमा अगाडि रहेको छ।

सत्ताधारी कांग्रेसले भने उक्त प्रदेशमा ८ स्थानमा जित हासिल गरेको छ र १० स्थानमा अगाडि रहेको छ।

त्यस्तै ४ स्थानमा जित हासिल गरेको माओवादी ४ स्थानमा अगाडि छ।

त्यसै गरी १ स्थानमा विजयी राप्रपा १ स्थानमै अगाडि छ भने नेकपा समाजवादी ३ स्थानमा अगाडि देखिएको छ।

प्रदेश १ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७ गरी ९३ जना सदस्य चयन हुनेछन्।

 

प्रदेशसभाको प्रत्यक्षतर्फ कुन प्रदेशमा कुन दल अगाडि ?

सात वटै प्रदेशसभा तर्फको बिहीवार साँझसम्मको प्रारम्भिक नतिजामा प्रत्यक्षतर्फ तीन वटा प्रदेशमा नेपाली कांग्रेस र एउटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ।

दुई वटा प्रदेशमा भने कांग्रेस र एमाले बराबरी हैसियतमा देखिएका छन्।

त्यस्तै एउटा प्रदेशमा नेकपा माओवादी केन्द्र अगाडि छ।

समानुपातिकतर्फ चार वटा प्रदेशमा प्रतिपक्षी नेकपा एमाले अगाडि देखिएको छ।

त्यस्तै कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी प्रारम्भिक नतिजामा एक एक प्रदेशमा अगाडि रहेका छन्।

अन्तिम नतिजा आउँदा समानुपातिकमा पनि प्रत्यक्षको जस्तै मत आएमा अधिकांश प्रदेशमा हालको सत्ताधारी गठबन्धन नै अगाडि हुनसक्ने देखिएको छ।

यद्यपि निर्वाचन आयोगले अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने बताएको छ ।(स्रोतःबीबीसी)

Share Now

Leave a comment.