Prakash Adhikari November 25, 2022

काठमाडौं, ८ मंसिर। आर्थिक वर्ष २०७७ । ७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर तिरेको नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ ।

विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले ग्रहण गर्नुभएको थियो ।

बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौं पटक हो ।

वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्‍याउन पाउँदा खुसी लागेको प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताउनुभयो।

बैंकका अनुसार २०७७ । ७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ ।

यो भनेको बैंकको तत्कालीन कुल पूँजीको १ दशमलव ३२ प्रतिशत रकम हो ।

आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैयाँ तथा १८ अर्ब ८ करोड बराबरको बोनश सेयर वितरण गरिसकेको छ ।

 

Share Now

Leave a comment.