काठमाडौं, ९ मङ्सिर । उद्योगपति विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर (पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार चौधरी ७ हजार १ सय ५१ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ४ सय ५९ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गर्नुभएको छ । त्रिपाठी यसअघिको निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँलाई नेकपा (एमाले) को समर्थन थियो । सो क्षेत्रमा नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले १२ हजार ४ सय ९९ मत प्राप्त गर्नुभएको छ ।


















