Prakash Adhikari November 25, 2022

काठमाडौं, ८ मंसिर । परिचित प्रतिद्वन्द्वी पार्टी नेकपा एमालेका एकबहादुर रानालाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँ–१ बाट निर्वाचित हुनुभएको छ ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले पराजित गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले २५ हजार ३ सय १८ मत ल्याएर जित्दा राना १९ हजार ९ सय ४३ मत मात्र पाउनुभयो ।

कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवार बनेर ६ हजार ८७८ मत ल्याउनुभएको थियो ।

उपसभापति खड्काको शानदार विजय
सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ। उहाँ ११ हजार ६ सय १९ मतान्तरले खड्का विजयी हुनुभएको हो।

उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीले ३० हजार ९ सय ८८ मत प्राप्त गर्नुभयो।

उपसभापति खड्का पाँचौँ पटक विजय हुनुभएको हो। उहाँले २०४८, २०५१, २०५६ मा प्रत्यक्षतर्फबाट निर्वाचित हुनुभएको थियो भने २०६४ सालमा समानुपातिकतर्फबाट सांसद बन्नुभएको थियो। २०७० सालमा पुनः प्रत्यक्षबाट निर्वाचित खड्का २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धी ध्रुवकुमार शाहीसँगै पराजित हुनुभएको थियो।

खड्का दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसक्नुभएको छ। उहाँ नेपाली कांग्रेसको पूर्व महामन्त्री हुनुहुन्छ। उपसभापति खड्का शालीन नेता एवम् कुशल वार्ताकार पनि हुन्छ।

बर्दिया–१ बाट गौतम विजयी
बर्दिया–१ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी हुनुभएको छ ।
गौतमले ३० हजार ६ सय ६१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १ सय ५५ मत पाउनुभयो ।
यस्तै नागारिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९ सय ९३ मत प्राप्त गर्नुभएको छ ।।

नेपाली कांग्रेसका केन्दीय सदस्यसमेत रहनुभएका विजयी गौतमले यसअघि पनि २ पटक संसदीय यात्रा गरिसक्नुभएको छ ।

२०७४ सालको निर्वाचनमा उहाँ यसै क्षेत्रबाट विजयी हुनुभएको थियो भने २०७० को निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।

Share Now

Leave a comment.