Prakash Adhikari December 22, 2022

ढाका(बंगलादेश), ७ पौष । बङ्गलादेशको राजधानी ढाकामा भेरहेका साभा यू–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग नेपाल ३ का विरुद्ध ० को सोझो सेटमा पराजित भएको छ ।

बिहीबार भएको खेलमा बङ्गलादेशले नेपाललाई २६–२४, २५–२२, २५–२१ ले हरायो ।

च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।

नेपालले च्याम्पियनसिपको दोस्रो खेल शुक्रबार श्रीलङ्का र अन्तिम खेल शनिबार किर्गिस्तानसँग खेल्नेछ ।

च्याम्पियनसिप पुस ११ सम्म चल्नेछ ।

 

Share Now

Leave a comment.