काठमाडौं, ७ पौष। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उहाँहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद पशुपतिशमशेर जबराले शपथ गराउनुभएको हो।
प्रतिनिधि सभाका सांसदहरुलाई शपथ ग्रहण गराउनुभएका राणाले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
संसद सचिवालयले संघीय संसद भवन नयाँ बानेश्वरमा शपथ समारोहको आयोजना गरेको थियो ।
शपथ ग्रहण गराउने समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए ।
कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक मा सजिएका थिए थिए ।
संसद सचिवालयले सांसदहरुलाई राष्ट्रिय भाषा र आफ्नो जातीय भाषामा पनि शपथ लिन सक्ने व्यवस्था गराएको थियो ।


















