Prakash Adhikari December 25, 2022

काठमाडौं, १० पौष । नेकपा एमालेकासहितका दलहरुबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति भएको छ।

आइतवार अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको विभिन्न दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गरेको हो।

नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको निवास बालकोटमा अहिले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र नेकपा माओवादी केन्द्र उपमहासचिव वर्षमान पुनले सहमतिको ड्राफ्ट बनाइरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीको नेतृत्वबीच बैठक भएको थियो।

बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे भएको सहमतिको जानकारी राष्ट्रपति कार्यालयमा पठाएको पनि नेताहरुले दावी गरेका छन्।

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो।

यो नयाँ सहमतिले सरकार बनाउन प्रयास गरिरहेको संसदभित्रको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संघीय संसद र प्रदेश सभामा पनि प्रतिपक्षमा खुम्चन पर्ने अवस्थाको सिर्जना गरेको छ ।

राष्ट्रपति कार्यालयले भने आज अपरान्ह ५ बजेसम्म पनि कसैको दावी नपरेमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलबाट प्रधानमन्त्री बनाउन अर्को कदम चाल्ने तयारी पनि गरिरहेको छ ।

 

Share Now

Leave a comment.