Prakash Adhikari December 25, 2022

काठमाडौं, १० पौष । नयाँ सरकार गठनका लागि सत्ता सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ ।

सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा आइतबार बालकोटमा ओली प्रचण्डबीच वार्ता सुरु भएको हो ।

छलफलमा नेकपा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी हुनुहुन्छ भने माओवादीका तर्फबाट महासचिव देव गुरुङ पनि सहभागी हुनुहुन्छ ।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी हुनुहुन्छ । नेकपा माओवादीसंग वार्तामा बस्नु पहिल्यौ एमाले अध्यक्ष ओलीले स्वतन्त्र पार्टीका रवि लामिछाने, जनता समाजवादी पार्टीका अशोक राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिड.देनसंग वार्ता गरिसक्नुभएको थियो ।

एमालेसहितकोँ सरकार गठनका लागि एमालेको ७८ सिट, माओवादीको ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट र राप्रपा १४ सिट गरी १ सय ४४ सिटको हुन्छ ।

नेतृत्व एमालेले गर्ने कि माओवादीले भन्ने विषय यहाँ पनि पेचिलो छ । तर प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुखमा भागवण्डामा सहमति भएमा एमालेसहितको नयाँ गठबन्धनले मिलिजुली सरकारको लागि आजै राष्ट्रपति समक्ष दावी गर्ने सम्भावना पनि छ

Share Now

Leave a comment.