Prakash Adhikari December 26, 2022

काठमाडौं, ११ षौष । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतमा बसेको बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा पदाधिकारीहरुलाई जानकारी दिने र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टीबाट मन्त्री बन्नेहरुबारे पनि छलफल हुने छ ।

गठबन्धनको बैठक बानेश्वरमा

आजै प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गर्ने सात दल र ३ स्वतन्त्र सांसदहरुको बैठक बानेश्वरस्थित संसद भवनमा हुने तय भएको छ ।

 

गठबन्धन बैठकमा मन्त्रिमण्डल गठन र मन्त्रालय विभाजनका विषयमा छलफल हुने बताइएको छ ।

 

Share Now

Leave a comment.