Prakash Adhikari January 14, 2023

काठमाडौं, ३० पौष । मधेश प्रदेशको सभामुखका लागि नेपाली कांग्रेस र नेकपा एमालेका सांसदको उम्मेदवारी परेको छ।

सभामुखको लागि नेपाली कांग्रेसबाट जंगीलाल राय र नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ।

सत्ता गठबन्धन बाट उम्मेदवारी दिएका एमालेका उम्मेदवार मण्डल धनुषा १(ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो भने कांग्रेसका उम्मेदवार राय सर्लाही २ (क)बाट ।

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रका संसदीय दलको नेता भरत साह, जनमतको संसदीय दलको नेता महेश यादव लोसपाकी रानी शर्मा तिवारी लगायतका रहनुभएको छ।

त्यस्तै कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र जिवछी देवी यादव रहनुभएको छ।

सभामुख पदका लागि माघ २ गते निर्वाचन हुनेछ।

 

Share Now

Leave a comment.