काठमाडौं, ३०पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउने बताउनुभएको छ।
शनिबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले आजै बिहानमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो। सो भेटमा भोलि बेलुकीसम्ममा सरकारले पूर्णता पाउने बारे छलफल भएको प्रचण्डले बताउनुुभयो।
‘ओलीजीसँग पनि त्यही कुरा भएको छ। भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउँछ र पर्सि पूर्ण मन्त्रिपरिषद् बैठक बस्छौं।’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।
‘राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘छलफल गर्दै जाने भन्ने छ। सबै दलको बैठकबाट पनि त्यसबारे केही सहमति होला।’
विश्वासको मत दिने सबै दलहरूसँग बैठक राखेर सहमतिको कोशिस गर्ने पनि बताउनुभएको छ।


















