नयाँदिल्ली(भारत), १९ माघ । भारतले नेपाललाई दिने अनुदान पनि बढाएको छ। भारतले नेपाललाई आर्थिक बर्ष २०२३ ।२४ मा साढे ५ अर्ब भारु (८ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने भएको छ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा बजेट प्रस्तुत गर्दै नेपाललाई दिने अनुदान रकम वृद्धि गरेको घोषणा गर्नुभएको छ।
गत वर्ष २०२२ । २३ मा भारत सरकारले बजेटमार्फत ७ अर्ब ५० करोड भारु अनुदान दिने घोषणा गरेको थियो। तर, त्यसलाई संशोधन गरेर ४ अर्ब २५ करोड भारुमा अनुदान झारेको थियो।

२०२१ ।२२ मा भारतले नेपाललाई ४ अर्ब ४६ करोड भारु अनुदान दिएको थियो।(स्रोतःबिजमाण्डू)


















