Prakash Adhikari February 2, 2023

काठमाडौँ, १९ माघ । परराष्ट्रमन्त्री विमला राई पौडेल आज(बिहीबार) श्रीलङ्का जाँदै हुनुहुन्छ ।

श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नुभएको हो ।

आउँदो शुक्रबार र शनिबार आयोजना हुने हिरक जयन्तीसँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँले त्यहाँ रहँदा श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा राष्ट्रपति भवनमा श्रीलङ्काका राष्ट्रपतिले आयोजना गर्नुहुने स्वागत समारोहमा सरिक हुनुहुनेछ । साथै उहाँले त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।

Share Now

Leave a comment.