Prakash Adhikari March 12, 2023

काठमाडौं, २७ फागुन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन विद्यार्थी सङ्गठनहरुले तामलेल गरेका छन्।

त्रिविअन्तर्गतका क्याम्पसमा आगामी चैत ५ मा हुन लागेको स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले नेकपा एमालेको अनेरास्ववियुविरुद्ध मोर्चा कसेका हुन्।

यी संगठनले त्रिभुवन विश्वविद्यालय केनीद्रिय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी तालमेल गरेका छन्।

उपत्यका ठूला क्याम्पसहरुमा नेविसंघ,अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ।

अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच उपत्यकाका ठूला क्याम्पसमा तालमेल सहमति भएको जानकारी दिनुभयो।

उहाँका अनुसार नेविसंघले १५ क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले १० क्याम्पस र अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति हुनेगरी तालमेल भएको छ ।

नेविसंघले सभापतिमा त्रिचन्द्र,पद्दमकन्या,शंकरदेव,मीनभवन,पशुपति,पाटन,आई ओ एम महाराजगञ्ज, शिक्षण नर्सिङ, आयुर्वेद, जनप्रशासन, सरस्वती, ग्रामीण, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी र शिक्षा क्याम्पस थली पाउने छ।

अनेरास्ववियु (क्रान्तिकारी)ले थापाथली, सानोठीमी, पुल्चोक, नेपाल (ल), पब्लिकयुथ, विश्वभाषा, एनआर, नेशनल ईन्जिनियरिङ, हिमालयन ईन्जिनियरिङ पाउने छ।

नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियूले आरआर, ताहाचल र बानेश्वर स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ।

Share Now

Leave a comment.