Prakash Adhikari March 11, 2023

बाडेगाउँ(ललितपुर), २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रम पुगी सन्तनेता कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा स्थापित आश्रममा पुग्नुभएका नवनिर्वाचित राष्ट्रपति पौडेलले आश्रमको अवलोकन भ्रमण पनि गर्नुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमकी सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गर्नुभएको थियो ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

Share Now

Leave a comment.