–डा.रेवतवहादुर कार्की+
१) जेष्ठ नागरिकको परिचयः ज्येष्ठ नागरिक को हुन ?“शीप, ज्ञान र अनुभवका खानी जेष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पति हुन” । सामान्यतया सेवावाट निवृत हुने उमेरको आधारमा जेष्ठ नागरिक तोक्ने गरिन्छ । नेपालमा निवृत्त हुने उमेर विभिन्न ५८वर्षदेखि ६५ वषर््ासम्म तोकिएतापनि जेष्ठ नागरिक ऐन २०६३ ले ६० वर्ष उमेर नाघेका व्यक्तिलाई जेष्ठ नागरिक भनिन्छ । धेरै विकसित देशहरुमा आर्थिक र स्वास्थ्य स्थिति राम्रो रहेकोले प्रायशः निवृत उमेर ६५ तोकिएको हुन्छ ।
स्वास्थ्यमा भएको प्रगतिले नेपालमा मानिसको सरदर आयु वढीे यस्तो जेष्ठ जनसंख्या तिव्र वृद्धि (करिव ४ प्रतिशत) भइरहेको छ जवकी कुल जनसंख्या वृद्धि दर २०६८को जनगणनानुसार १.५ प्रतिशत छ भने २०७८को गणननुसार एक प्रतिशतभन्दा तल अर्थात ०.९२ प्रतिशत मात्र रहेको छ । जेष्ठ नागरिकको जनसंख्या २०४८ सालमा कुल जनसंख्याको ४.६ प्रतिशत (११ लाख)वाट २०६८ सालको जनगणनानुसार ८.१ प्रतिशत (२२लाख) रहेकोमा हाल २०७८ को जनगणनानुसार यस्तो जनसंख्या करीव ३० लाख पुगिसकेको छ । यस्तो जनसंख्या दोव्वर हुन अव २० वर्ष पनि लाग्दैन ।
सरदर आयु बढेकाले संसारमा नै ज्येष्ठ नागरिक संख्या पनि द्रुत गतिले बढ्दैछ । राष्ट्र संघका अनुसार हाल संसारमा ६० बर्ष नाघेका मानिस ७६करोड छन् भने यस्तो जनसंख्या २.५ गुणाभन्दा वढीले वढी सन् २०५० सम्ममा दुई अरव पुग्ने अनुमान छ ।
२) ज्येष्ठ नागरिकको सामाजिक आर्थिक अवस्था कस्तो छ ? नेपालका अधिकांश जेष्ठ नागरिकको सास्कृतिक, पारिवारिक, सामाजिक तथा आर्थिक अवस्था नाजुक स्थितिबाट गुज्रिरहेको पाइन्छ । वृद्धाश्रमा वस्ने यस्ता नागरिकहरुको अवस्था पनि कमजोर नै देखिन्छ । धेरैजसोमा ज्येष्ठ नागरिक भएपछि काम गर्नु हुदैन, कमजोर आय भएकाले मात्र काम गर्नु पर्दछ, नत्र आरामसंग खाएर वसी जीवन विताउनु पर्छ भन्ने परम्परागत भावनाले उनीहरुको जीवन झन सुखमय भएको छैन । युवा पिठीमा देखापरेको पश्चिमी मुलुककोे एकल परिवारको संस्कृतिले हामीकहाँ ठूलो सास्कृतिक र समाजिक विचलन आई यिनीहरुकोे सामाजिक अवस्था कमजोर वनाइरहेकोे छ । समाज र घरपरिवारमा नै ज्येष्ठ नागरिकप्रति गरिने विभिन्न किसिम दुव्र्यव्यहारहरु जस्तो शारिरिक, मानसिक, यौनिक र आर्थिक दुव्र्यवहारले त यिनीहरुको अवस्थालाई विकराल नै वनाउदै लगेको छ ।
३) जेष्ठ नागरिकको सामाजिक/आर्थिक अवस्था कमजोर हुनाका मुख्य कारक/समस्याहरु देहायअनुसार छनः
अ)कमजोर आर्थिक अवस्था -गरिवीः करीव अमेरिकी डलर १३०० (वार्षिक रु१,६५०००।)मात्र प्रतिव्यक्ति भएको विश्वका ४६ अतिकम विकसित/गरिव देशमध्ये नेपाल एक भएकोले गरिवी नै मूल कारण हो जसले गर्दा राज्यले जेष्ठ नागरिकलाई आवश्यक सामाजिक सुरक्षा प्रदान गर्न व्यवस्था गर्न नसक्नु तथा कमजोर आर्थिक अवस्थाले गर्दा नै धेरै समस्या उत्पन्न भएका छन ।
आ) ज्येष्ठ नागरिकमाथि गरिने विभिन्न किसिमको दुव्र्यव्यहार :
१)आर्थिक दुव्र्यवहार आय र सम्पति भएर पनि त्यसले पुग्ने खालको उपचार तथा पालनपोषण नहुने, वृद्धहरूको बैंक चेक वा व्रmेडिट कार्ड प्रयोग गरी पैसा निकाल्ने, गरगहना, पेन्सनका कागजपत्र आदि चोरगर्ने, वृद्धको जस्तै सही गर्न सिक्ने र दुरूपयोग गर्ने, ठगी गर्ने आदि ।
२) मानसिक दुव्र्यवहार (बोलेर र नवोलेर गरिने दुव्र्यव्यहार): शारिरिक दुव्र्यव्यहार (खानलाउन नदिने, हिडडुल, भेटघाट आदिमा रोक लगाईदिने हात–पात गर्ने, लछार–पछार गर्ने, कुटपिट गर्ने इत्यादि)।
३)यौन दुव्र्यवहार, जालसाज आदि । यो हामी सबैको साझा सरोकारको विषय भएकोले आम जनतामा यस्ता दुव्र्यव्यहार विरुद्घ चेतना अभिवृद्घि गदैं ज्येष्ठ नागरिकलाई घर, परीवार, समाजमा सम्मानपूर्वक बाच्न पाउने अवस्थाको सृजना गर्नु सवैलाई कत्र्तव्यवोध हुनु पर्दछ ।
इ)आफ्नो सस्कृति र नैतिक जिम्मेवारीमा ह्रास हुदै जानु र पश्चिमी एकल परिवार सस्कृतिको विकास हुदै ।
ई) जेष्ठ नागरिकको सीप र अनुभवलाई परिचालन गर्ने सरकारको नीतिको अभाव।
उ)जेष्ठ नागरिक भत्ता न्यायपूर्ण नहुनु (न्यून भत्ता त्यसमा पनि अतिवृद्ध तथा अशक्त,धनी गरीव सवैलाई एउटै किसिमको भत्ता हुनु)
ऊ) जेष्ठ नागरिकको सम्पत्ति संरक्षण सम्वन्धमा वलियो कानूनी व्यवस्थाको अभाव ः छोरा छोरीले वावुआमा तथा अन्य पैत्रिक सम्पतिमा हक लाग्ने व्यवस्था गरिएको तर वावुआमा अशक्त वा आय नभएको अवस्थामा पनि छोराछोरीको सम्पति÷आयमा हक लाग्ने हालसम्म कानूनी व्यवस्था हुन सकेको छैन । तर हालै ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३को २०७८ को विशेष संशोधनले आफ्नो सन्तान वा अविभावकले जेष्ठ नागरिकको रुपमा रहेका वावु आमालाई पालन पोषण नगरेमा त्यसको उजूरीको आधारमा अव स्थानीय निकायले निजको सम्पति भए सो समेत लिई हेरविचार पालनपोषण गर्नुपर्ने व्यवस्था गरेको छ । यसलाई कार्यान्वयन गर्ने मुख्य चुनौती छ ।
ए) जेष्ठ नागरिकले काम गर्नु हुदैन भन्ने परम्परागत धारणा ।
ऐ) जेष्ठ नागरिकप्रति सरकार उदासिन, निजी, गैरसरकारी क्षेत्रमा पेन्सनको व्यवस्था नहुनु इत्यादि धेरै कारणहरु छन ।
४). नेपाल सरकारद्वारा ज्येष्ठ नागरिकका लागि गरिएको विशेष व्यवस्थाः
देशमा प्रजातन्त्रको पुनर्वाहालीपश्चात सरकारले जेष्ठ नागरिकको क्षेत्रमा केही कल्याणकारीे भूमिका निभाएको छ । २०४७ सालमा पहिलो पटक निवृत कर्मचारीलाई पनि वहालवाला कर्मचारी जस्तै एक महिनाको पेन्सन वरावरको दशै खर्च दिन शुरु गरी २०५१ सालदेखि ७५ वर्ष पुगेका (हाल ६८) सम्पूर्ण नागरिकलाई मासिक रु१००। (हाल ६८ वर्ष पुगेकालाई रु४०००।) दिन थालिएको हो । तर सरकारी कोषवाट पेन्सन वा अन्य भत्ता लिनेले यस्तो जेष्ठ नागरिक भत्ता पाउदैन । २०६१ सालदेखि विपन्न तथा असहाय ज्येष्ठ नागरिकलाई स्वास्थोपचार रकम दिन शुरु गरिएको छ ।
जेष्ठ नागरिक महासंघको पहलमा सरकारले २०६३ सालमा जेष्ठ नागरिक ऐन र २०६५ सालमा जेष्ठ नागरिक नियमावली वनाई जेष्ठ नागरिकसम्वन्धी कानूनी व्यवस्था गर्न खोजेको छ ।
क. ज्येष्ठ नागरिकसम्वन्धी कानूनी व्यवस्था र जेष्ठ नागरिकको वर्गीकरणः सरकारले २०६३ सालमा यस सम्बन्धी ऐन र २०६५ सालमा नियमावली ल्याएको छ । जेष्ठ नागरिक नियमावलीले जेष्ठ नागरिकको पाँच वर्गीकरण गरेको छः
१..७० वर्ष पूरा नगरेको जेष्ठ नागरिक
२.७० वर्ष पूरागरेको वरिष्ठ जेष्ठ नागरिक
३. असहाय जेष्ठ नागरिक
४.अशक्त जेष्ठ नागरिक
५. एकल जेष्ठ नागरिक ।
विशेष कानूनी व्यवस्थाः ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३को २०७८ को संशोधनले गरेको विशेष व्यवस्थाः सो ऐनको यस संशोधनले आफ्नो सन्तान वा अविभावकले जेष्ठ नागरिकको रुपमा रहेका वावु आमालाई पालन पोषण नगरेमा त्यसको उजूरीको आधारमा अव स्थानीय निकायले निजको सम्पति भए सो समेत लिई हेरविचार पालनपोषण गर्नुपर्ने व्यवस्था गरेको छ । तर यसलाई कार्यान्वयन गर्ने चुनौती छ । यसको साथै जेष्ठ नागरिकको पालन–पोषण–हेरचाह गर्नुपनपरिवारका सदस्यले सो नगरेमा यसको उजुरी उपर वडा अध्यक्ष, गा.वि.स. अध्यक्ष वा नगरपालिका प्रमुखको दिने व्यवस्था गरिएको छ ।
सार्वजनिक सवारीसाधन, सार्वजनीक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा जेष्ठनागरिकलाई आवश्यक सेवा सुविधा र सहयोग गर्ने गराउने व्यवस्था ।
अन्य कानूनी व्यवस्थाः
१) असहाय वा असक्त ज्येष्ठनागरिक मात्र पक्ष वा विपक्ष भएको मुद्दाको सुनुवाई गर्दा अदालतले निजको प्रतिरक्षागर्ने कानुनव्यवसायी राखेर मात्र गर्नुपर्ने ।
२)आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकले प्रतिरक्षाका लागि कानुन व्यवसायी राख्न नसकेमा सम्बन्धित अदालतले निजको लागि वैतनिक कानून व्यवसायीको सुविधा उपलब्ध गराइदिनु पर्ने व्यवस्थाछ ।
३)आफूले आर्जन गरेको सम्पति छोरा छोरीमा वाड्नु वा अंशवण्डा गर्नु नपर्ने व्यवस्था ऐनले गरेको छ ।
४)अशक्त जेष्ठ नागरिक वा ७५ वर्ष पुगेका जेष्ठ नागरिक विरुद्धको कसूरमा प्रचलित काूननमा भएको सजायको २५ प्रतिशत थपसजाय हुने व्यवस्था ।
५) सरकारबादी भई चलेको कुनै मुद्दामा कैद सजाय पाई कैद भोगिरहेका ज्येष्ठ नागरिकलाई निजको उमेर र कसुरको अवस्था हेरी जेष्ठ नागरिकलाई २५%देखि ७५% छुट बमोजिम कैद छुट दिन सकिने ।
६)कैद सजाय पाएका असक्त ज्येष्ठ नागरिक वा ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई अदालतले कसुरको गाम्भीर्यतालाई हेरि कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्ने इत्यादि ।
ख. सामाजिक सुरक्षा कार्यव्रmम अन्तर्गत भत्ता व्यवस्था यसप्रकार छः
१) ७० वर्ष उमेर पूराभएका देशभरका सबै नागरिकले मासिक भत्ता रु. ४०००।–पाउने् । हाल २०७९ श्रावणदेखि ६८ वर्ष उमेर पुगेका सवैलाई ६८ वर्ष पुग्नासाथ सम्वन्धित वडाको सिफारिशमा रु ४०००। मासिक दिने व्यवस्था गरेको ।
२) ६० वर्ष उमेर पूराभएका कर्णाली अञ्चलका सबै नागरिकले मासिक भत्ता रु.४०००।– पाउने ।
३) ६० वर्ष उमेर पूराभएका सूचीकृत सबै दलित नागरिकले मासिक भत्ता रु. ४०००।– पाउनेछन् ।
४) ६० वर्ष पुगेका (क)बिधुवा एकल महिला (ख)अविवाहित एकल महिला (ग)सम्बन्ध विच्छेद एकल महिलाले मासिक भत्ता रु. ४०००।– पाउने ।
ग. ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा कार्यव्रmम २०६१ ले दिएको सुबिधाः
१)७५ वर्ष पुगेका जेष्ठ नागरिकलाई कामनपाले उपचार खर्चवापत वार्षिक एक मुष्ठ रु१२,०००। दिने व्यवस्था गरेको छ ।
२) आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई गम्भीर प्रकृति जस्तो क्यान्सर, किडनी रोग लागेको देखिएमा वडाको सिफारिशमा बढीमा रु. ५०००।– सम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन सकिने छ ।
३) विपन्न ज्येष्ठ नागरिकलाई नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले ज्येष्ठ नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाइमर्स तथा पार्किन्सन्मध्ये कुनै एक रोगको उपचारमा एक पटक रु एक लाख र वागमती प्रदेशमार्फत रु५० हजार दिइने छ ।
४)७५ वर्ष माथिका कमजोर आर्थिक अवस्थाका जेष्ठ नागरिकलाई मुटु र मृगौला रोगको गंगालाल अस्पताल र मनमोहन कार्डियालोजी अस्पतालमा निशूल्क उपचार गरिने छ ।
घ) अन्य सुविधा (सवारी तथा स्वास्थ्य): नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकासनगरी जेष्ठ नागरिकलाई समय समयमा अन्य छुट सुविधा दिन सक्ने व्यवस्था गरेको छ । यसअनुसार यो व्यवस्था गरिएको छः
१) नेपाल सरकारले तोकेको किसिमको सवारीसाधनमा जेष्ठनागरिककोलागि २ सिट सुरक्षित राख्नुपर्ने र निजलाई भाडादरमा ५०% छुट दिनुपर्ने व्यवस्था गरेको छ ।
२) नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले सरकारले तोकेको संस्थामा ज्येष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा कम्तिमा ५०% छुट दिनुपर्ने व्यवस्था गरेको छ ।
ङ.) जेष्ठनागरिक आश्रम र सेवा केन्द्रहरुः ११५ वृद्धाश्रम, १६४ स्थानीय तहमा २११ जेष्ठनागरिक मिलन केन्द र ९७ दिवा सेवा केन्द्र रहेका छन ।
च) ज्येष्ठ नागरिक सेवाको लागि स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाः देहाय अनुसार प्रस्तुत गरिएको छः ज्येष्ठ नागरिक सेवा (न्भचष्बतचष्अ)का लागि सरकारले नेपालभरि २४ विशेष अस्पताल (विशेष छुट पाउने) तोकी काठमाडौको लागि १.पाटन अस्पताल, पाटन २.वीर अस्पताल ३.शहीद गंगालाल हृदयरोग उपचार केन्द्र ४.नेपाल ट्रमा सेण्टर ५. त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज तोकेको छ भने काठमाडौमा ज्येष्ठ नागरिक सेवाका लागि तोकिएका अन्य स्वास्थ्य संस्थाहरु १.मनमोहन काडियोथेरापी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, २.मृगौला रोग उपचार केन्द्र, बाँसबारी, ३. परोपकार प्रसूति गृह, थापाथली र ४. क्यान्सर अस्पताल, हरिसिद्धि हुन । तर जेष्ठ नागरिक सेवाको लागि सरकारले नेपालभरि जम्मा ८७ अस्पतालहरु तोकेको छ ।
(छ) जेष्ठ नागरिकसम्वन्धी अन्य व्यवस्था-जानकारीः
१)जेष्ठ नागरिक भत्ता दिने कार्ड वनाउने सम्वन्धित वडा कार्यालय हो
२) जेष्ठ नागरिकसम्वन्धी मंत्रालयः महिला विकास, वालवालिका तथा समाज कल्याण मंत्रालयको साथै अर्को सम्वन्धित मंत्रालयः स्थानीय विकास मंत्रालय हो ।
३)जेष्ठ नागरिकको हक हितको वकालत गर्ने मुख्य संस्थाः जेष्ठ नागरिक महासंघ र यस अन्तर्गतका प्रदेश तथा जिल्ला संघहरु । ४)जेष्ठ नागरिकसम्वन्धी रेडियो तथा टिभी कार्यक्रमः रेडियो नेपाल (१००) प्रत्येक आइतवार विहान ९.२० वजेदेखि आधा घण्टा दिने गरेको छ भने इमेज टिभीले जेष्ठ नागरिक कार्यक्रम हप्तामा दुई पटक, राजधानी एफएमले हप्ता एक पटक दिनेगरेकोमा हाल वन्द रहेतापनि यसलाई संचालन गराउन महासंघ प्रयाशरत छ ।
५. निष्कर्ष तथा सुझावः
क)नेपाल करीव अमेरिकी डलर १३०० (वार्षिक करीव रु१,६५,०००।)मात्र प्रतिव्यक्ति भएको विश्वका ४६गरिव देशमध्ये एक देश भई सीमित साधनको वावजुद पनि हाल ६८ वर्षसम्मका जेष्ठ नागरिकलाई मासिक रुचार हजार उपलव्ध गराईरहेको छ जसको व्यय एक खर्व नाघ्न लागिसकेको छ । एकातिर सीमित साधनको देशलाई वढदो जेष्ठ नागरिकलाई यो धान्न कठिन भइरहेको अवस्था एकातिर छ भने अर्कोतिर ६० वर्षदेखि ६८ वर्षभन्दा कम उमेरका कमजोर जेष्ठ नागरिकलाई पनि यो भत्ता दिनुपर्ने आवश्यक्ता छ । पेन्सन र सामाजिक सुरक्षा भत्ता नपाउने, पारिवारिक आर्थिक अवस्था कमजोर भएका र आय आर्जन पनि केही गर्न नसक्ने ६०–६७ वर्षका जेष्ठ नागरिकले कानूनतः ज्येष्ठ नागरिक भएपनि यिनीहरूले यस्तो केही सुविधा पाएका छैनन । त्यस्तैे अरुसरह मासिक चार हजार भत्ता पाउने मात्र पाउने आर्थिक अवस्था कमजोर भएका र अशक्त ७५÷८० वर्षका ज्येष्ठ नागरिकलाई यो सुविधा वढाउनु आवश्यक छ । यस पृष्ठभूमिमा हालको भत्ता दिने परिपाटीलाई सक्षम र असक्षमताको आधारमा पुनरावलोकन गर्नु आवश्यक देखिन्छ ।
ख)यसका अतिरिक्त हालसालका वर्षहरुमा सरकारले सीमित साधानको वावजुद स्वास्थ््य सेवामा सुविधा र सार्वजनिक यातायात केही छुटसमेत गरेको छ तर यसको कमजोर कार्यान्वयन पक्षलाई सुदृढ गर्दै लैजानु पर्ने आवश्यक्ता छ ।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३को २०७८ को पछिल्लो संशोधनले आफ्नो सन्तान वा अविभावकले जेष्ठ नागरिकको रुपमा रहेका वावु आमालाई पालन पोषण नगरेमा त्यसको उजूरीको आधारमा अव स्थानीय निकायले निजको सम्पति भए सो सम्पतिसमेत लिई हेरविचार पालनपोषण गर्नुपर्ने विशेष कानूनी व्यवस्था गरेको छ जुन निकै सराहनीय छ । तर स्थानीय निकायको कमजोर कार्यान्वयन क्षमताले गर्दा यसलाई प्रभावकारी लागूगर्ने ठूलो चुनौती छ । सरकारले यसको क्षमता वृद्धिको साथै सवैको सहयोगमा यस कानूनी व्यवस्थालाई प्रभावकारी वनाउनु पर्दछ ।
ग) धेरैजसोमा ज्येष्ठ नागरिक भएपछि काम गर्नु हुदैन, कमजोर आय भएकाले मात्र काम गर्नु पर्दछ, नत्र आरामसंग खाएर वसी जीवन विताउनु पर्छ भन्ने परम्परागत भावनाले गर्दा उनीहरुको जीवन सुखमयहोइन झन दुखमय भएको छ । युवा पिठीमा देखापरेको पश्चिमी मुलुककोे एकल परिवारको संस्कृतिले हामीकहाँ ठूलो सास्कृतिक र समाजिक विचलन आई यिनीहरुकोे सामाजिक अवस्था कमजोर वनाइरहेकोे छ । त्यसैले एकातर्फ सरकारले “शीप, ज्ञान र अनुभवका खानी जेष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पति हुन” भन्ने मान्यतालाई नीतिगतरुपमा नै परिचालन एकातर्फ गर्नु आवश्यक छ भने अर्कोतर्फ जेष्ठ नागरिक स्वयंले पनि काम गर्नु हुदैन भन्ने भावना त्यागी आफ्नो शिप, ज्ञान र अनुभवलाई प्रयोग गर्ने नीति लिनु पर्दछ । त्यस्तै युवाहरुले आफूपनि भविष्यमा जेष्ठ नागरिक हुने भावना लिई उचित सम्मानमार्फत उनीहरुलाई सकृय गराउन जोड दिनु पर्दछ ।
घ) अधिकांश जेष्ठ नागरिकको अवस्थालाई संरचनात्मक सुधार गर्ने कार्य वास्तवमै निकै चुनौतीपूर्ण छ । यस कार्यमा सरकार मुख्य जिम्मेवार भएतापनि जेष्ठ नागरिक महासंघपिहत गैरसरकारी र निजी क्षेत्रसहित सवै नै प्रतिवद्ध हुन सकेमा प्रत्येक वच्चा भोलिको वावु÷आमा हो भन्ने शाश्वत तथ्यलाई मनन गरी सवैको भविष्य सुनिश्चित हुनेथ्यो । यस सम्वन्धी कानुनी व्यवस्थालाई प्रभावकारी वनाउदै लैजाने, हालको सुरक्षा भत्तालाई पुनर्संम्रचना गर्नेे,समाजमा आएको परिवर्तनलाई जेष्ठ नागरिकले पनि केही आत्मसाथ गर्ने, युवा पिढीको साथै वहालवालाले पनि जेष्ठ नागकिकमा सम्मान गर्ने भावना अभिवृद्धि गर्ने, ज्ञान, शीप र अनुभवका धनी जेष्ठ नागरिकलाई आर्थिक सामाजिक कार्यमा सक्रिय गराउन यस्ता नागरिक आफूसहित सवैले प्रोत्साहन गर्नु जरुरी छ । यसरी गर्नसकेमा जेष्ठ नागरिकको साथै देशकै आर्थिक सामाजिक अवस्था सुदृढ हुनमासमेत सघाउ पुग्नेथ्यो भन्ने लाग्दछ । “जेष्ठ नागरिक देवो भवः” जय जेष्ठ नागरिक !
(डा.कार्की अर्थविद तथा जेष्ठ नागरिक महासंघका संस्थापक आजीवन सदस्य तथा पूर्वकार्य समिति सदस्य हुनुहुन्छ । )


















