Prakash Adhikari May 22, 2023

बुटवल(रुपन्देही), ८ जेठ । लुम्बिनी प्रदेशका नवनियुत्तः तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

कांग्रेसबाट स्वास्थ्य मन्त्री बन्नुभएका राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बन्नुभएका चन्द्रकेश गुप्ता, र जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार तीनै जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो।

अब लुम्बिनी प्रदेश ७ सदस्यीय बनेको छ। लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन्।

चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

आजै लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. बुद्धबहादुर थापाले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

उहाँलाई पनि मुख्यमन्त्री चौधरीले सोमबार नियुक्त गर्नुभएको थियो।

Share Now

Leave a comment.