काठमाडौं, १४ जेठ । अर्को महिना जिम्बाबेमा हुने आइसीसी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।
टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले एसीसी प्रिमियर कप खेल्ने टोलीबाट दुई खेलाडी थप्दै १६ सदस्यीय टोली घोषणा गरेका हुन्।
नेपाली टोलीमा अर्जुन साउद र किशोर महतोले पूनरागमन गरेका छन्। एसीसी प्रिमियर कपमा रहेका १४ सदस्यीय टोलीलाई निरन्तरता दिदै क्यानले दुइ खेलाडी थप गर्दै विश्वकप खेल्ने टोली घोषणा गरेको छ।
दक्षिण अफ्रिका र जिम्बाबे भ्रमण लामो भएका कारण दुइ खेलाडी थप गरिएको क्यानले जनाएको छ।
We are thrilled to unveil the 𝗳𝗶𝗻𝗮𝗹 𝘀𝗾𝘂𝗮𝗱 𝗳𝗼𝗿 𝘁𝗵𝗲 𝗜𝗖𝗖 𝗪𝗼𝗿𝗹𝗱 𝗖𝘂𝗽 𝗤𝘂𝗮𝗹𝗶𝗳𝗶𝗲𝗿 in Zimbabwe. Nepal's cricketing heroes are ready to showcase their skills and determination on the global stage. 🇳🇵🔥
#CWCQ #RoadToIndia2023 #WeCAN pic.twitter.com/tEt3oPZ0bm
— CAN (@CricketNep) May 28, 2023
यसअघि घोषणा गरिएको २२ सदस्यीय टोलीबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन्।
विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकाका नेदरल्याण्ड र स्कटल्याण्डसँग अभ्यास खेल खेल्नेछ। त्यसका लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ।
दक्षिण अफ्रिकाबाट नेपाली टोली जेठ १८ मा जिम्बावे लाग्नेछ। जिम्बाबेमा नेपालले जेठ ३० गते युएई र जेठ ३२ मा ओमानसँग अभ्यास खेल खेल्नेछ।
छनोटमा नेपाल वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेको समुह ए मा छ। समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्।
प्रतियोगिता असार ३ देखि २४ गतेसम्म हुनेछ।
नेपालको टोलीः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, , कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी।, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो।


















