Prakash Adhikari May 28, 2023

काठमाडौं, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ जना कैदीलाई आममाफी दिनुभएको छ भने ४ सय ८२ व्यक्तिलाई कैद सजाय माफी गर्नुभएको छ ।

आज राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । “मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेतका १९ व्यक्तिहरुको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ”,।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार “यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ÷लिम्बूसमेतका ४ सय ७५ र ज्येष्ठ नागरिक उदयनारायण गिरी समेतका ७ जना गरी जम्मा ४ सय ८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० का अवसरमा माफी भएको छ”, ।
–––

 

Share Now

Leave a comment.