Prakash Adhikari June 3, 2023

 

इन्दोर, उज्जैन(भारत), २० जेठ । भारतको औपचारिक भ्रमणका क्रममा इन्दोरमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको उडिसामा भएको भयानक रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गर्दै यस दुःखद दुर्घटना भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदी,भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

 

Share Now

Leave a comment.