Prakash Adhikari June 13, 2023

हंगकंग, ३० जेठ । महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो ।

ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले १५ रन बनाइन् । खेलमा ज्योति पाण्डेले ११ रन, सम्झना खड्काले ७ कप्तान रुविना क्षेत्री र सीता राना मगरले ६ । ६ रन, इन्दु बर्माले ४, बिन्दु रावलले ३ रनको योगदान दिए ।

नेपाललाई रोक्ने क्रमम पाकिस्तानका तुवा हसन र सैदा अरुब साहले २।२ तथा अनोशा नासिर र उम्म ए हनीले १।१ विकेट लिएका थिए ।

यसअघि नेपालका बलरहरूले राम्रो प्रदर्शन गर्दा पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २ । २ विकेट लिए ।

खेलमा पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । तुवा हसनले ९, नजा अल्भिले ५ र उम्म ए हनीले १ रन बनाएका थिए ।

२० रन बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।

 

Share Now

Leave a comment.