Prakash Adhikari June 19, 2023

काठमाडौं, ३ आषाढ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ को प्रदेश क को बार्षिक सम्मेलन सम्पन्न भएको छ ।

काठमाडौं क्षेत्र नं ५ का प्रदेश क का सभापति रमेश डंगोलको सभापतित्वमा भएको बार्षिक सम्मेलनले राजनीतिक,सांगठानिक र आर्थिक प्रस्तावसहित आगामी बर्षको बार्षिक कार्यक्रम पनि पारित गरेको छ ।

सम्मेलनलाई प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं ५ का निर्वाचित सांसद प्रदीप पौडेलले सम्बोधन गर्दै नेपाली कांग्रेस २०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा जाने भएकोले सो निर्वाचनमा बहुमत ल्याउने ढंगले पार्टीका इकाईहरुलाई सबल,सुदृढ र गतिशिल बनाउनु पर्ने बताउनुभयो ।
उहाँले गठबन्धनमा चुनाव लड्दा भारतमा कांग्रेस आईले प्रदेशदेखि संघमा लामो समय सत्ता गुमाएको र संगठन तहसनहस भएको उदाहरण पेश गर्नुभएको थियो ।

Share Now

Leave a comment.