Prakash Adhikari June 19, 2023

काठमाडौं, ३ आषाढ । लक्ष्मी बैंक लिमिटेडको आइतबार विशेष साधारणसभा र सनराईज बैंकको १५ औं साधारण सभाले दुई बैंक एकापसमा गाभ्ने प्रस्ताव पारित गरेका छन्।

दुबै संस्था बराबरी हैसियतमा गाभिने छन्। सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गरेको छ।

मर्जरपछि वृद्धि हुने शेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित भएको छ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने जनाइएको छ।

सनराइज बैंकको १५ औं साधारणसभा सम्पन्न

सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सम्पन्न भएको छ।

बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ।

त्यस्तै, आ.व.२०७८ । ७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८ /७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव पारित भएको छ।

प्रस्ताव अनुरुप सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताव पारित गरिएको छ।

आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।

 

Share Now

Leave a comment.