Prakash Adhikari August 6, 2023

काठमाडौं, २१ श्रावण । नेपाल मर्चेण्ट बैंकर्स संघले नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डसंगको सहकार्यमा सम्पत्ति शुद्धीकरण र आतंंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी अभिमुखीकरणकार्यक्रम सम्पन्न गरेको छ ।

एएमएल÷सिएफटी र गो ए एम एल एप्लिकेसन विषयक सो अभिमुखिकरण कार्यक्रममा मर्चेण्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, बैंकर लगायत धितोपत्र कारोबारसंग सम्बन्धित संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतङकबादी क्रियाकलापमा बित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना अनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरुले गो ए एम एल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आवद्ध हुनुपर्ने प्रावधान हालै कार्यान्वयनमा आएको विषयमा नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका प्रतिनिधिहरुले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डका बिज्ञहरुबाट जानकारीमूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई संचालनमा रहेका सबै मर्चेण्ट बैंकरहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नियामक निकायबाट उपस्थित हुनुभएका पदाधिकारीहरु तथा उपस्थित सम्पूण सहभागीहरुलाई नेपाल मर्चेण्ट बैंकर्स संघको तर्फबाट अध्यक्ष बिजयलाल श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

Share Now

Leave a comment.