Prakash Adhikari August 7, 2026

 

काठमाडौं, २२ साउन। यही साउन २९ गते नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सो जानकारी गराएको दिनुभएको हो।

संयोजक डा शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताउनुभयो ।

त्यस्तै उहाँले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जानकारी दिनुभयो ।

जेनजी आन्दोलनको क्रममा सांघातिक हमलामा पर्नुभएका पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा अहिले श्रीमती आरजु राणासहित हङकङमा हुनुहुन्छ ।

उहाँ साउन २६ गते साँझ नेपाल फर्किने जानकारी उहाँ निकट नेताहरूले दिनुभएको छ।

उहाँ फर्कदा धरपकड भए सशक्त विरोध गरिने जानकारी पनि संयोजक डा. कोइरालाले दिनुभयो ।

Share Now