काठमाडौं, १ कार्तिक । नेपाल र संयुक्त अरब इमिरेट्स(युएई)बीच आज भएको टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालले युएईबाट १ सय ४१ रनको सामान्य लक्ष्य पाएको छ ।
मूलपानीस्थित उपल्लो क्रिकेट मैदानमा आज भएको खेलमा युएईले सो लक्ष्य दिएको हो । नेपाल हंगकंग र युएईबीचको त्रिकोणात्मक श्रृखला अन्तरगत आज नेपाल र युएईबीच खेल भैरहेको छ ।
ऋखलाको पहिलो खेलमा नेपालमा टस जितेर फिल्डि. रोजेपछि ब्याटिड.मा उत्रिएको युएईले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा पुरै ओभर खेल्दै १ सय ४० रन जोडेको थियो ।
युएईका लागि बसिल हमिदले ५१,अलि नासिरले ३२, कप्तान मोशम्मद वासिमले १७, आशिफ खानले १५, अलिशन शरफूले ६, निलेश केशवानीले ४,शचित शर्माले २ रनको योगदान दिए ।मोहम्मद फराजउद्दिन र खालिद शाहले कुनै रन जोड्न सकेनन् ।
युएईलाई रोक्ने क्रममा नेपालका करण के.सी.ले ३, गुलशन झाले २,सोमपाल कामी र अभिनास बोहोराले १ । १ विकेट लिएका थिए ।


















