Prakash Adhikari October 18, 2023

खुमलटार(ललितपुर), १ कार्तिक । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको छ। बोर्डको आज बसेको सञ्चालक समिति बैठकले कमिशन र शुल्क दुवै घटाउने निर्णय गरेको हो।

बोर्डले कमिसन र शुल्क दुबैमा १० प्रतिशतले घटाएको बताइएको छ। “आज बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन र सेबोन शुल्क १० ।१० प्रतिशतले घटाउने निर्णय गरेको छ” नेपाल धितोपत्र बोर्डका सञ्चालक सुरकृष्ण वैधले भन्नुभयो।

ब्रोकरहरुको कमिशन समेत घटाउने निर्णयका कारण ब्रोकरहरुको दवाव परेपछि सो निर्णय स्वीकृतीका लागि अर्थमन्त्रालय पठाइएको बताइएककको छ ।

धितोपत्र बोर्डको नयाँ निर्णय अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटेको छ भने ब्रोकरले सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाइएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिशन पनि ७ प्रतिशतले घटेको छ ।

बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो । त्यस पहिल े०.६१५ प्रतिशत कमिशन तिर्न पर्दथ्यो ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

लगानीकर्ताले तिरेको कमिशनबाट ब्रोकरलाई २० प्रतिशत र त्यसैबाट सिडिएससीलाई २५ प्रतिशत कमिशन जाने गरेको छ । यस्तै अहिले सेयर लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमिसन तिर्ने गरेका छन् ।

 

बोर्डका सञ्चालक बैद्यका अनुसार बजारमा लगानीकर्ताको मनोबल उकास्नको लागि कमिसन र शुल्क घटाउने निर्णय गरिएको हो। नयाँ ब्रोकरलाई समेत मर्का नपर्ने गरी उक्त शुल्क घटाइएको सेवोनको दावी छ।

Share Now

Leave a comment.