Prakash Adhikari November 4, 2023

 

काठमाडौं, १८ कार्तिक । नेपाल क्रिकेट एशोसिएसनले कर्णाली प्रदेशमा आएको भूकम्प प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेको छ । क्यानले आज एक विज्ञप्ति प्रकाशित गरी सोको जानकारी दिएको हो

क्यानको विज्ञप्तिमा जनाइए अनुसार आईसीसी टी २० विश्वकप एशिया फाइनल अन्तरगत आइतबार हुने नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट उठ्ने ५० प्रतिशत रकम क्यानले भूकम्पपीडितलाई दिनेछ ।

क्यानले शनिबार विज्ञप्ति जारी गर्दै जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार गएको भूकम्पले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिले स‌ंघ मर्माहत भएको जनाएको छ।

शुक्रबार नेपालले युएई तथा ओमानले बहराइनलाई पराजित गर्दै फाइनलमा पुगेका थिए। साथै फाइनल पुगेसँगै नेपाल र ओमान आगामी वर्ष हुने टी २० विश्वकपका लागि छनोट भइसकेका छन्।

Share Now

Leave a comment.