Prakash Adhikari November 6, 2023

 

काठमाडौं, २० कार्तिक । यही कार्तिक १७ गते शुक्रबार राति ११ः४७ मा बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर आएको भूकम्पमा परेर जाजरकोट,रुकुमपश्चिम,जुम्ला र आसपासका जिल्लामा भएको भवनको क्षतिको विवरण सार्वजनिक भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म भूकम्पमा परेर ९ सय १० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै २ हजार ८ सय ६१ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पमा परेर १ सय ५७ जनाको मृत्यु भएको छ भने २ सय ४६ जना घाइते भएका छन् । १ सय ४६ जना घाइते उपचारपछि घर फर्किसकेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको लागि १ हजार ४६ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

Share Now

Leave a comment.