Prakash Adhikari December 29, 2023

काठमाडौं, १३ पौष । नबिल बैंकको ३९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ४० करोड मुनाफा गरेको थियो ।

साधारणसभामा कम्पनीका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताउनुभयो ।

उहाँले विगतका वर्षहरूमा बाँडफाँट गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्तापूँजी हालसम्म आउँदा ९ सय ६० गुणाले बृद्धि भएको बताउनुभयो ।

कम्पनीले देशभर २ सय ६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३ सय १३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।

Share Now