Prakash Adhikari April 8, 2024
विराटनगर, २६ चैतः कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ ।
खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिनुभएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो ।
यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचौँ अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।
Share Now