Prakash Adhikari May 16, 2024

 

काठमाडौं, ३ जेठ । प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेर जाने तयारीमा देखिएको छ ।

सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा संयुक्त संसदीय छानबिन समिति गठन गरेर सदनको काम कारबाही सुचारु गर्न नेपाली कांग्रेसले राखेको मागलाई सत्तारुढ दलहरुको सहमतिमा सभामुख देवराज घिमिरे पनि नजरअन्दाज गर्नुभएको छ ।

छानबिन समिति गठनको बारेमा सहमति जुटाउन दिनभर गरिएका प्रयासहरु परिणाममा नपुग्दै सभामुख घिमिरेले संसदको काम कारबाही अगाडि बढाउनुभएको छ । संसद बैठक प्रारम्भ भएको सभामुखको घोषणा हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आसनबाट उठेर नाराबाजी गरेका थिए । तर सभामुखले उनीहरुको कुरा नसुनीकन नाराबाजीकाबीच संसद्को कार्यसूची अघि बढाउनुभयो।

नाराबाजी कै बीचमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त भएका पत्रहरू पढेर सुनाउनु भएको छ ।

Share Now