Prakash Adhikari June 9, 2018

विदेशी मार्केटमा पनि लिष्टिड. हुन दिनुपर्छ : हरिभक्त शर्मा,अध्यक्ष नेपाल उद्योग परिसंघ

काठमाडौं,२५ जेठ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नेपालको धितोपत्र बजारको अवस्थामा सुधार गरेर क्रस बोर्डर लिष्टिड.मा जानसक्ने अवस्था रहेको बताएका छन् ।

डा.कार्कीले बोर्डको रजतजयन्ती बर्षको समापन तथा २६ औं बार्षिकोत्सवको कार्यक्रममा आयोजित विशेष समारोहलाई अध्यक्षको आसनबाट संबोधन गर्दै सो कुरा बताएका हुन ।

बोर्डका अध्यक्ष डा.कार्कीले संस्थागत सुशासन र अनुशासनको पालना गरेमा क्रस बोर्डर लिष्टिड.कालागि लामो समय नलाग्ने पनि बताए । उनले यसकालागि धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धात्मक र गुणात्मक बनाउन उत्तिकै जरुरी रहेको पनि बताए ।

कार्यक्रममा उनले लगानीकर्तालाई निरुत्साहित गरेर काम गर्न नसकिने बताउदै करका दर बढाएर होइन प्रोत्साहन दिएर काम गर्नुपर्ने बताए । उनले कम्पनीहरुलाई सूचीकृत हुन पनि प्रोत्साहनमूलक नीति लिनुपर्ने बताउदै हालको बजेटले त्यसका लागि केही कदम चालको बताए ।

उनले कमोडिटीज र डेरिभेटिभ्स मार्केटको पनि नियमन गर्ने जिम्मेवारी पनि बोर्डमा रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालका उद्यमीहरु पनि संसारका कुनै पनि देशका स्टक एक्सचेञ्जमा दर्ता हुन पाउने र बाहिर जहाँ कहिका पनि कम्पनीहरु नेपालमा सूचीकृत हुन पाउने ढंगको खुला र प्रतिस्पर्धात्मक बजार बनाउन माग गरेका थिए ।

उनले हंगकंग र सिंगापुरका शेयर बजारमा त्यो सुविधा रहेकोले त्यहाँको स्टक मार्केटको विकास सहज भएको पनि बताए ।

उनले भारत र चीनजस्ता विश्वका ठूला अर्थतन्त्र र देशको बीचमा रहेको नेपालले ती बजारको फाइदा लिने गरी आफूलाई समर्थ बनाउनुपर्ने पनि बताए ।

उनले १अर्ब रुपैया वा सोभन्दा माथिको लगानीमा स्थापना भएका कम्पनीलाई धितापत्र बजारमा सूचीकृत गर्न बजेटमा गरिएको बाध्यकारी व्यवस्था सरकारी स्वामित्वको बाणिज्य बैंकबाट थालिनुपर्ने बताए । उनले सरकारी संस्थानहरुको सञ्चालन र सुशासनको अवस्था औल्याउदै भने,’ ब्यापार गरेर चलोस् भनी स्थापना गरिएको नेशनल ट््रेडिड. जग्गा बेचेर कर्मचारीको तलब ख्वाउने अवस्थामा पुगेको छ । त्यसैले निजी क्षेत्रको कुरा गर्नुअघि सरकारी क्षेत्रमा नै सुधारको खाँचो छ ।’

कार्यक्रममा बोर्डका पूर्व अध्यक्षहरुका तर्फबाट दीपकराज काफ्लेले संबोधन गरेका थिए । उनले क्रस बोर्डर लिष्टिड.को व्यवस्था भएका नेपालको धितोपत्र बजारको स्तरीकरण छिटो हुन सक्ने बताए ।

समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँइले धितोपत्रको ऋण बजारको राम्रोसंग विकास हुन नसकेको हुनाले बीमा क्षेत्रमा संकलित रकमलाई सही ढंगले परिचालन गर्न समस्या देखिएको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड कर्मचारी संघका राजुबहादुर जीसीले सरकारले लगानीकर्तामाथि ५० प्रतिशत कर थोपर्दा त्यसको अपजस पूँजी बजारका सम्बन्धमा सरकारको सल्लाहकारको हैसियतमा रहेको बोर्डले लिनुपरेको र लगानीकर्ताको आक्रोश बोर्डप्रति बढेको बताए ।

उनले बोर्डको आफ्नै भवन नहुँदा संस्थागत विकासमा पनि अप्ठेरो परको बताए । नियामक निकायको रुपमा रहेको बोर्डमा सेवा र सुविधाका शर्तहरुलाई आकर्षक बनाउन नसकिएकोले कर्मचारीहरुमा बीचमा छोेडेर जाने प्रवृत्ति देखिएको बताए ।

उनले धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी र गुणात्मक बनाउन दोस्रो स्टक एक्सचेञ्ज अपरिहार्य रहेको पनि बताएका थिए ।
कार्यक्रममा पूँजी बजार प्रबर्धन पत्रकारिता पुरस्कार विजेता आर्थिक अभियान  दैनिकका प्रधान सम्पादक तथा न्यू बिजनेश एज प्रा. लि.का अध्यक्ष मदन लम्सालले पनि बोलेका थिए ।

बोर्डले आफ्नो रजत जयन्तीको अवसर पारेर गतबर्षदेखि रु ५० हजार राशीको यस्तो पुरस्कार प्रदान गर्न थालेको छ । यो पुरस्कार व्यक्ति चयन भए दुईजना र संस्था चयन भए एकलाई दिने नीति रहेको छ ।

बार्षिकोत्सवको अवसरमा बोर्डले स्नातकोत्तर तहमा पूँजी बजार सम्बन्धी विषयका तीन उत्कृष्ट शोधपत्रहरुलाई पनि पुरस्कृत गर्ने परम्परा थालेको छ ।

यो बर्ष आवेदन गर्ने शोधकर्ता मध्ये प्रथम भएर रामचन्द्र बस्नेतले रु ७० हजार, रशेस बैद्यले द्धितीय भएर ४५ हजार र तृतीय भएर अर्चना जोशीले ३५ हजारको प्रोत्साहन बृत्ति प्राप्त गरेका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा आयोजित समारोहमा अथमन्त्री डा. खतिवडा, विशेष अतिथि नेपाल राष्ट बैंकका गभर्नर डा. चीरंजीबि नेपालले पनि संबोधन गर्नुभएको थियो ।

कार्यक्रममा रजत जयन्ती बर्ष समापनको अवसरमा बोर्डले प्रकाशित गरेको पूँजी बजार लेख बिशेषाड.क, नेपाल धितोपत्र बोर्ड रजत जयन्ती बर्ष स्मारिका २०७५, धितोपत्र सम्बन्धी कानूनी संग्रह र रजत जयन्ती बर्ष पूँजी बजारसम्बन्धी सारक्षरता नामक पुस्तकहरुको पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले स्वागत मन्तव्य दिएका थिए भने अर्का कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।

Share Now

Leave a comment.