
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं महाधिवेशन भोलिदेखि राजधानीमा शुरुहुने भएको छ ।
तीन दिवसीय कार्यक्रमको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले योगम्वर पार्टी प्यालेसमा गर्ने भएका छन् ।
कार्यक्रमको समुद्घाटन समारोहलाई पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतले संबोधन गर्ने कार्यक्रम छ ।
पार्टीको नेतृत्व लिन संस्थापन पक्षबाट वर्तमान अध्यक्ष खिलानाथ दाहालको नेतृत्वमा एक प्यानल तयार भएको छ भने पार्टीभित्र वैकल्पिक नेतृत्वको दावी गर्ने गैर संस्थापन पक्षले पूर्व सांसद पुष्कर आचार्य।को नेतृत्वमा अर्को प्यानल खडा गरेको छ ।
आचार्यको समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र नेता शेखर कोइराला लगायतले समर्थन जनाएका छन् ।
बहालवाला अध्यक्ष खिलनाथ दाहालको समूहलाई कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ ।
स्थानीय र प्रदेश सभाको निर्वाचनपछि भएका भातृ तथा शुभेच्छुक संस्थाको निर्वाचनमा गैरसंस्थापन पक्षको वर्चश्व देखिदै आएको छ ।
नेपाल शिक्षक संघ र नेपाल मुस्लिम संघको नेतृत्वमा गैर संस्थापन पक्ष हावी भएकोले कांग्रेस समर्थित मजदूरहरुको यो संगठनको निर्वाचनलाई संस्थापनले प्रतिष्ठाको विषय बनाएको छ ।