Prakash Adhikari June 11, 2018

काठमाडौं, २८ जेठ । नेपाली काङग्रेसका नेताहरु पार्टीको आगामी महाधिवेशनसम्म आपसी सहमतिमा अगाडि बढ्ने सहमति भएको खुलासा भएको छ ।

काठमाडौंमा सोमबार नेविसंघले आयोजना गरेको कार्यक्रममा युवा नेता गगन थापाले यो कुराको खुलासा गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले कम्युनिष्टहरुको सरकार बनेपछि मुलुक अधिनायकवादतर्फ गएको दावी गरेका थिए ।

‘देशमा अधिनायकवादको खतरा देखिन थाल्यो, त्यसैले अब एकजुट हुनुको विकल्प छैन र काङ्ग्रेसलाई कुनैपनि किसिमको अधिनायकवाद शैह्य हुँदैन’ नेता पौडेलले भने,‘युवा विद्यार्थीहरुलाई अधिनायकवादको म डटेर सामना गर्न आग्रह गर्छु ।’

त्यस्तै अर्का नेता प्रकाशमान सिंहले सभापति देउवाले पार्टीभित्रै कमीकमजोरी भए भनेर नेताहरुले बोल्न खोज्दा समेत प्रतिवन्ध लगाउन खोजिएको भन्दै सभापति देउवाको चर्को अलोचना गरे ।

‘पार्टीमा हामीले कमजोरी भयो भन्न पनि नपाउने रु काङ्ग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्छ, तर, त्यहाँभित्र भएका कमजोरी औंल्याउन पनि दिइँदैन, यो कस्तो लोकतान्त्रिक पद्धति हो’ नेता सिहंले प्रश्न गरे।

अर्का नेता कृष्णप्रसाद सिटौलाले विगतका कमिकमजोरी सच्याउँदै मिलेर जान आफू तयार रहेको बताए ।उनले ‘काङग्रेससामु ठूलठूला चुनौती भएकोले अब मिल्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा नेता अर्जुननरसिंह केसीले एकताबद्ध भएर अघि बढेमात्रै काङ्ग्रेसले आफ्नो पहिचान जोगाउन सक्ने बताए ।

नेता गगन थापाले आजको दिन काङ्ग्रेसका लागि ऐतिहासिक भएको भन्दै जिल्ला सभापतिको भेला तथा महासमिति सदस्यको महाधिवेसनसम्म कार्यगत एकता गरेर अघि बढ्ने सहमति भएको बताए ।

Share Now

Leave a comment.