
मस्को(रुस), ३१ जेठ । २१औं विश्वकप फुटबलको पहिलो खेलमा आयोजक रूस र एसियाली राष्ट्र साउदी अरबबीच प्रतिस्पर्धा सुरु भए।को छ नेपाली समयअनुसार बेलुकी पौने ९ बजे राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमबीच उद्घाटन शुरु भएको हो ।
समूह ‘ए’ मा रहेका यी दुई टिम करिब ८० हजार दर्शकमाझ पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
पछिल्लो समय खराब लयमा रहेको रसिया फिफा वरियतामा विश्वकप खेल्ने राष्ट्रमध्ये सबैभन्दा अन्तिममा ७० औं स्थानमा छ।
पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको रसिया फुटबलमा खासै राम्रो मुलुक होइन। फिफा वरियतामा पनि विश्वकप खेल्ने राष्ट्रमध्ये सबैभन्दा अन्तिममा ७० औं स्थानमा छ।
रसियाले अहिलेसम्म फुटबलको ठूला प्रतियोगिता पनि जित्न सकेको छैन।
सन् १९५८ मा स्वीडेनमा भएको विश्वकपबाट डेब्यु गर्दै अहिलेसम्म ७ पटक विश्वकप खेलेको रसिया सन् १९६६ मा इंग्ल्याण्डमा सम्पन्न भएको विश्वकपको सेमिफाइनलसम्म पुग्नु उसको सबैभन्दा ठूलो सफलता हो। उसले सेमिफाइनलमा जर्मनीसँग २–१ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो । त्यतिबेला उसले सोभियत संघको हैसियतमा भाग लिएको थियो।
तीन पटकसम्म क्वाटरफाइनल पुगेको टिमले त्यसपछि राम्रो खेल खेलेको छैन।
१९९४ को विश्वकपमा समूह चरण पनि पार गर्न नसकेको रसियाले १९९८ को फ्रान्स विश्वकपमा भने छनोट हुन सकेन । सन् २००२ मा भएको विश्वकप खेलेको रसिया पुनः २००६ र २०१० मा छनोट हुन असफल बनेको थियो ।
यता फुटबलमा एसियाली महारथि साउदी अरेबियाले अहिलेसम्म एसियाबाट ४ पटक विश्वकप खेलिसकेको छ।
अमेरिकामा सम्पन्न सन् १९९४ को विश्वकपमा साउदी अरबले पहिलो पटक सहभागिता जनाएको थियो । विश्वकपमा डेब्यु गरेकै बेला साउदी अरब अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । विश्वकपमा साउदी अरबको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता पनि त्यही हो।
त्यसपछि सन् साउदी अरब लगातार तीन विश्वकपमा छनोट भएको थियो । सन् १९९८, २००२ र २००६ मा भएको विश्वकपमा साउदी अरब छनोट भएको थियो। यद्यपी यी तीन विश्वकपमा भने साउदी अरब समूह चरणबाटै बाहिरिएको थियो।
हेड टु हेड
रसिया र साउदी अरबबीचमा अहिलेसम्म १ खेल मात्रै भएको छ । सन् १९९३ मा भएको एक मैत्रीपूर्ण खेलमा साउदी अरबले रसियालाई पराजित गरेको थियो । त्यसखेलमा उतकृष्ट प्रदर्शन गर्दै साउदी अरबले रसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो।
प्रभावपार्ने खेलाडीहरू
इगोर एकिनफिभ (रसिया)
३२ वर्षीया इगोर एकिनफिभ रसियाका प्रभावशाली खेलाडी हुन् । सन् २००४ बाट राष्ट्रिय टिममा डेब्यु गरेका उनी रसियाका गोलरक्षक तथा कप्तानको भूमिका निभाउँदै आएका छन्। सन् २०१७ बाट इगोर टिमका कप्तानका रुपमा छन् ।
एलेक्जेन्डर सामेडोव (रसिया)
३३ वर्षीय एलेक्जेन्डर सामेडोव रसियाली टोलीका उत्कृष्ट फरवार्ड हुन्। सन् २०११ बाट राष्ट्रिय टिमबाट डेब्यू गरेका उनले अहिलेसम्म ४८ खेलमा ७ गोल गरेका छन्।
टिम रसिया
स्ट्राइकरः आर्टिम ज्युबा, एलेस्की मिरान्चुक, फेडर स्मोलोभ
मिडफिल्डरः युरी गाजिन्सकी, एलेक्जेन्डर गोलोभिन, एलन जागोएभ, एलेक्जेन्डर एरोखिन, युरी झिर्कोभ, दालेर कुजएभ, रोमन जोबनिन, एलेक्जेन्डर सामेडोभ, एन्टन मिरान्चुक, डेनिस चेरिसेभ
डिफेन्डरः भ्लादिमिर ग्रानट, फेदर कुड्र्रयासोभ, इल्या कुतेपोभ, आन्ड्रेय सेमेनोभ, इगोर स्मोलनिकोभ, सेर्जिई इग्नाशेभिच, मारियो फर्नान्डेज
गोलरक्षकः इगोर एकिनफिभ, भ्यादिमिर गाबुलोभ, आन्ड्रेय लुनेभ
मोहम्मद अल सहलवी ९साउदी अरेबिया०
३१ वर्षीय अनुभवी खेलाडी मोहम्मद अल सहलवीले सन् २०१० बाट राष्ट्रिय टिममा डेब्यू गरेका हुन्।
फरवार्ड मोहम्मद अल सहलवीले अहिलेसम्म ४० खेलबाट २८ गोल गरिसकेका छन्। उनले साउदी अरबबाट टिमोर लिस्ट विरुद्ध सन् २०१५ मा ह्याट्रिक गोल गरेका थिए
अब्दुल्लाह अल–खाइब्री (साउदी अरेबिया)
।
सन् २०११ बाट राष्ट्रिय टिमबाट डेब्यू गरेका अब्दुल्लाह अल–खाइब्री साउदीका एक अनुभवि खेलाडी हुन्। उनले साउदीबाट ३६ खेल खेलेका छन्।
टिम साउदी
फरवार्डः मोहम्मद अल्सालाबी, मोहन्नद असिरी, फहाद अल मुवालाद
मिडफिल्डरः अब्दुल्लाह अल–खाइब्री, अब्दुलमलेक अल खाइब्री, अब्दुल्लाह अटिफ, तैसिर अल जासम, हुसैन अल मोगह्वी, सलमान अल फराज, मोहम्मद कानो, हतन बहेब्री, सलिम अल दावसरी, यहिया अल शाहरी
डिफेन्डरः मन्सुर अल–हारबी, यसिर अल शाहरानी, मोहम्मद अल्बुर्यक, मोटाज हव्सावी, ओसामा हव्सावी, ओमर ओथामन, अली अल्बुलायी
गोलरक्षकः मोहम्मद अल ओवाइस, यसेर अल–मोसाइलिम, अब्दुल्लाह अल–मायुफ