मस्को(रुस), ३१ जेठ । २१औं विश्वकप फुटबलको समुद्घाटन भएको छ ।
उद्घाटन समारोहमा वेलायती गायक रवि विलियम्सले ऐदा ग्यारीफुलिनासंग केही सुमधुर गीत गाएर दर्शक र स्रोतालाई मनोरञ्जन दिए ।
उद्घाटन समारोहमा क्रिप पेपरबाट बनाएको भव्य फायर बर्ड देखाएको थियो ।
उद्घाटन समारोहमा लम्बेतान भाषण पनि भएनन् ।
आयोजक राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खेल अगाडि छोटो मन्तव्य दिए ।
उनले यो खेलले हामी सबैलाई एकै टीमको रुपमा एकसाथ ल्याएको छ र यसै खेलको माध्यमबाट हामी एकजुट भएका छौ भनेका थिए ।
उद्घाटनमा फूटबलका विभिन्न कलाहरु देखाएका थिए ।
उद्घाटनमा रोनाल्डोले नमूना पेनाल्टी देखाएका थिए भने मस्कटको प्रदर्शनी पनि भएको थियो ।



























