Prakash Adhikari June 14, 2018

 

मस्को(रुस), ३१ जेठ। फुटबलको विश्वकपको २१ औ संस्करणको बिहिबार सम्पन्न उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराएको छ ।

नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १-१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २- ० को अग्रता लियो ।

७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।

रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको थियो ।

Share Now

Leave a comment.