Prakash Adhikari June 15, 2018

 

मस्को(रुस), १ असार, । विश्वकप फुटवलको समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराएको छ ।

शुक्रबार भएको खेलको दोस्रो हाफको ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए ।

मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले निकै प्रतिस्पर्धी खेल खेल्यो । अन्तिम समयसम्म उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो ।

दोस्रो हाफमा उरुग्वेले गरेको केही उत्कृष्ट प्रहारहरु गोलमा परिणत हुन सकेन । स्टार खेलाडीहरु काभानी र स्वारेजले पहिलो हाफमा कमजोर खेल खेले पनि दोस्रो हाफ राम्रो रहृयो ।

इजिप्टले पाएका केही अवसर सदुपयोग गर्न सकेन । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अप्रिmकन टोली इजिप्टले उरुग्वेसँग प्रतिस्पर्धात्मक खेल खेल्यो ।

च्याम्पियन्स लिगको फाइनलमा घाइते भएर मैदान छाडेका सलाहलाई प्रशिक्षक हेक्टर कुपरले यो खेलमा मैदानबाट बाहिरै राखे ।

Share Now

Leave a comment.