Prakash Adhikari June 15, 2018

पोखरा(कास्की) १ असार । प्रदेश ४ को सरकारले आगामी आर्थिक बर्ष २०७५ /७६ का लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शुक्रबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा लोकप्रिय नारासहितका कार्यक्रम समावेश गरिएको छ। प्रत्येक वडा केन्द्रलाई पालिका केन्द्रसम्म सडक सञ्जाल, एक निर्वाच क्षेत्र एक क्षेत्रीय सडक, गर्भवती तथा सुत्केरी महिलालाई एयर लिफ्टङसम्मका योजना अघि बढाइएको छ।मोटरेवल पुलदेखि झलुङ्गे पुलसम्मलाई रकम विनियोजन गरिएको छ।
यस्ता छन् कार्यक्रम
स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखी २ अर्ब ६ करोड ६५ लाख

  • एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रम अन्तर्गत प्रदेशका छत्तीस निर्वाचन क्षेत्रका लागि २ करोड १० लाखका दरले जम्मा ७५ करोड ६० लाख
  • स्थानीय तहसँगको सहलगानीमा कार्यक्रममा १ अर्ब १२ करोड। मोटरेवल पुल निर्माण गर्न ५१ करोड ८५ लाख झोलुङ्गे पुलको निर्माण गर्न ६ करोड २७ लाख
  • आगामी दुई वर्षभित्र विद्युतको नपुगेका विजुली ३८ करोड।
  • पाँच वर्षभित्र स्टिल पोलद्वारा प्रतिस्थापन गर्न ५ करोड।
  • तटवन्धन निर्माण तटवन्धन निर्माण २५ करोड ९५ लाख।
  • तीनसय गाउँलाई नमूना पर्यटकीय गाउ ३० करोड।
  • फेवातालको पूर्वाधार विकास र सौन्दर्यकरण ८ करोड सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष र सन् २०२२ लाई प्रदेश पर्यटनका रुपमा मनाउने।
  • मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ १० करोड ८० लाख एकवडा एकनमूना व्यवसायिक कृषि तथा पशु विकास कार्यक्रम र एकपालिका एकउत्पादन कार्यक्रम।
  • बाली, पशुपंक्षी र मत्स्यका व्यवसायिक मोडेल फर्म सञ्चालन वित्तीय उत्प्रेरणाका कार्यक्रम सञ्‍चालन गर्न ४० करोड।
  • एक स्थानीय तह एक शीतभण्डार २६ करोड ५० लाख कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्न १२ करोड ५० लाख।
  • मूल्य श्रृङखलामा आधारित कृषि तथा पशुपालनका बिशेष कार्यक्रम १२ करोड नमूना कृषि फर्म र कृषि पाठशाला सञ्‍चालन साना तथा मझौला सिंचाई आयोजना ४ करोड।
  • साथै एकसहकारी एकनमूना उत्पादन कार्यक्रमलाई कार्यावन्यनयोग्य परियोजना बैंक तयारी गरी लगानी सम्मेलन, एक स्थानीय तह, एक औद्योगिक ग्रामको स्थापना १२ करोड सामुदायिक विद्यालय शौचालय, खानेपानी ट्याङकी ३० करोड आवाशीय बिद्यालय निर्माण १० करोड।
  • संघ र स्थानीय तहसँगको सहकार्यमा प्रत्येक गाउँपालिकामा २५ शैय्या, नगरपालिकामा ५० शैय्याको अस्पताल र प्रदेश राजधानीमा १ हजार शैय्याको आधुनिक अस्पताल निर्माण ४२ करोड ५० लाख .
  • क्यान्सर,मुटु र मृगौला रोगको अत्याधुनिक र सुविधा सम्पन्न विशिष्टीकृत अस्पताल स्थापना अस्पताल निर्माण गर्न १० करोड।
  • विशिष्टीकृत प्रसूति तथा बाल अस्पताल निर्माण ५ करोड।
  • गर्भवती तथा सुत्केरीको जटिलता व्यवस्थापनका लागि एयर लिफ्टिङ्ग सुविधा दुई वर्षभित्र आधारभूत खानेपानीमा पहुँच पुर्‍याउन ५० करोड १४ लाख हाइ अल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण १ एक करोड
  • अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला र गल्फकोर्स निर्माणका आगामी पाँच वर्षभित्र प्रदेशका सार्वजनिक सेवालाई विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्न विद्युतीय सुशासन गुरुयोजना तयार प्रदेश तालिम प्रतिष्ठान स्थापना गर्न २ करोड बजेट व्यवस्था।
Share Now

Leave a comment.