
मस्को(रुस), २ असार । रुसमा जारी विश्वकप फुटबलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले पराजित गरेको छ। फ्रान्सले पहिलो गोल पेनाल्टीको माध्यमबाट गरेको थियो।
अष्ट्रेलियन खेलाडीले गल्ती गरेपछि फ्रान्सले प्रिभ्युमा पेनाल्टी पाएको थियो। फ्रान्सले उक्त पेनाल्टी चुक्न दिएन।
त्यसको केही बेरमै अष्ट्रेलियाले फ्री किक पायो। अष्ट्रेलियन स्ट्राइकरले हानेको फ्री किक फ्रान्सका खेलाडिले हातले छोएपछि अष्ट्रेलियाले पेनाल्टी पाएको हो। अष्ट्रेलियाले पनि पेनाल्टी चुक्न दिएन।
त्यसको केही बेरमै फेरि फ्रान्सले एक गोल गरेर दुर्इ गोल गरेको छ ।