Prakash Adhikari June 16, 2018

 

काठमाडौं,२ असार । भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं(विराटनगर र काठमाडौं(जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बिहीवार र शुक्रवार दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे वर्ता गरेका थिए ।

समझदारीअनुसार अब नेपाल भित्रिने विमानलाई सिमराबाटै आउनुपर्ने बाध्यता हट्नेछ । अहिले भुटान र चीनबाहेकका मुमलुबाट आउने विमानले सिमराकै रुटमा मात्रै प्रयोग गरिरहेका थिए ।

अब भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानले जनकपुर विराटनगरबाट पनि प्रवेश विन्दु प्रयोग गर्न सक्नेछन् ।

नेपालगञ्ज र महेन्द्रनगर माथिको आकाशबाट पनि दुईतर्फी रुट प्रयोग गर्न सक्ने गरी समहति भएको हो । विमानलाई काठमाडौं(महेन्द्रनगर(दिल्ली रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो । तर यसका बारेमा भारतले आगामी सेप्टेम्बरसम्म विस्तृत अध्ययन गर्ने बताएको छ ।

अब यसका लागि दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग थालिने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्ऽनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति पनि भएको श्रेष्ठले बताए ।

यसैगरी एयर नेभिगशेन लगायतका प्राविधिक विषयमा पनि दुई पक्षले मिलेर काम गर्न सहमति जनाएका छन् ।

Share Now

Leave a comment.