
काठमाडौ ,२ असार । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन काँग्रेसको छैठौंं महाधिवेशनमा पुष्कर आचार्यको प्यालन नै विजयी भएको छ।
निर्वाचन समितिका एक पदाधिकारीले दिएको जानकारी अनुसार अध्यक्ष पदका उमेद्वारआचार्य प्रतिस्पर्धी उम्मेद्वार तथा वहालवाला अध्यक्ष खिलानाथ दाहाललाई २ सय ८२ मतले पराजित गरेका छन् ।अन्य १६ पदाधिकारी पनि लगभग २०० मतको अन्तरले विजयी भएका छन् ।
पदाधिकारीमा अध्यक्षः पुष्कर आचार्य,बरिष्ठ उपाध्यक्षःमहेन्द्र प्रसाद यादव ,उपाध्यक्ष खुल्लाः तेजेन्द्रजंग कार्की ,उपाध्यक्ष खुल्लाः अजय कुमार राई ,उपाध्यक्ष महिलाः इन्दिरा सापकोटा ,उपाध्यक्ष सेवाः नेत्र विक्रम थापा ,उपाध्यक्ष उत्पादनः ललित श्रेष्ठ ,उपाध्यक्ष अनौपचारिकः आशा सिंह राठौर ,महासचिवः योगेन्द्र कुमार कुँवर ,उपमहासचिव खुल्लाः गणेश बहादुर केसी ,उपमहासचिव खुल्लाः ज्योती कोइराला,उपमहासचिव महिलाः राधिका कुइकेल ,उपमहासचिव सेवाः सिताराम अवस्थी ,उपमहासचिव अनौपचारिकः राजेश पालिखे ,उपमहासचिव उत्पादनः इश्वर परियार ,कोषाध्यक्षः मोहन कुमार बस्नेत, सहकोषाध्यक्षः शुसिला घिमिरे विजयी भएका छन् ।
सदस्यमा पनि आचार्य समूहकै वर्चश्व रहेको छ । परिणाम अनुसार केन्द्रीय सदस्यहरुमा खुल्लातर्फका ८ जनामा बलदेव तामाङ , कुल बहादुर खड्का , लक्ष्मण प्रसाद भट्टराई , संजय कुमार दाहाल जनकराज पाण्डे दुर्गादत्त आचार्य , विरेन्द्र कुमार शाह , धुर्वचन्द्र गौतम , प्रमोदप्रसाद जोशी विजयी भएका छन् ।
महिलातर्फका ७ सदस्यमा सरस्वती ढुङगाना लक्ष्मी केसी , कमला खनाल , उर्मिला कुमारी ढकाल , निलम लेखक जोशी , बाला थापा श्रेष्ठ , रमामाया गुरुङ सेवातर्फका ३ मा पूण्यप्रसाद भट्टराई , देवदत्त बडु (खुल्ला) र अनिला मण्डल (महिला) विजयी भएका छन् ।
यसरी नै उत्पादनतर्फका ३ सदस्यमा केशव बहादुर केसी , माधव प्रसाद उपाध्याय (खुल्ला) चन्दना झा २४९ (महिला) र अनौपचारिक तर्फका ३ मा उद्धव बहादुर बानियाँ , जीतबहादुर गुरुङ (खुल्ला) र सितादेवी काफ्ले (महिला) निर्वाचित भएका छन् ।
ट्रेड युनियन काँग्रेसको निर्वाचनको यो परिणामले नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनलाई प्रत्यक्ष असर गर्ने देखिएको छ । निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा निकट दाहालको समूहको पराजयले पार्टी सभापतिलाई पार्टीका सबै गुटउपगुटको सन्तुलन मिलाएर लैजान दवाव नै दिएको छ ।