काठमाडौं, १६ असोज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेलस्थित स्थानान्तरित शाखाको समुद्घाटन सुसम्पन्न भएको छ ।
बुधबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यले स्थानान्तरित शाखाको संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन के.सी., कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल हुनुभएको थियो ।
ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नति गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखी सेवा दिंदै जाने कम्पनीको नीति रहेको छ ।