काठमाडौं, १८ असोज ।लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डबीच आईपीओ निष्कासनका लागि सल्लाहकार सेवाहरू प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
संझौतामा लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल पूर्वाधार लगानी कोषका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गर्नुभएको छ ।
ग्लोबल इक्विटी फण्ड लिमिटेड(जीइएफ)द्वारा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड लिमिटेड(एनआईआईएफ)नेपालका बीमा कम्पनीहरूको लागि लगानीको स्थायी साधन हो। यसले कृषि, स्वच्छ ऊर्जा,आधुनिक स्वच्छ प्रविधि, पर्यटन, सूचना सञ्चार प्रविधि(आईसीटी), स्वास्थ्य सेवा, र निर्माण लगायतका क्षेत्रमा आफूलाई केन्द्रित गरेको छ । २०७९ कात्तिक २९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको एनआईआईएफले २०७९ माघ ५ गते पहिलो लगानी गरेको थियो ।
यसको आधिकृत पुँजी १ अर्ब ५० करोड । त्यस मध्ये १ अर्ब २० करोड जारी पूँजी छ । कम्पनीले त्यसको २० प्रतिशत अर्थात २४ करोड सार्वजनिक निष्काशन गर्न लागिरहेको छ ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। लक्ष्मी क्यापिटल र सनराइज क्यापिटल एकापसमा गाभिएर बनेको सबल र सक्षम मर्चेन्ट बैंकिङ संस्थाको रुपमा यसले धितोपत्र निष्काशन, शेयर रजिष्ट्रार(आरटीएस) सेवा।, शेयर निक्षेप सहभागिता सेवा(डिपोजिटरी पार्टिसिपेन्ट, डीपी) लगायतका विस्तृत व्यापारिक सेवाहरु प्रदान गर्दछ । ३० वर्ष भन्दाबढी अनुभव संगालेको लक्ष्मी सनराईज क्यापिटल नेपालका मर्चेन्ट बैंकहरूमध्ये अग्रणीमा गनिन्छ । यसले विभिन्न किसिमका वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ।